२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

तामाङ घेदुङद्वारा रक्तदान 

बिहिवार , माघ ५, २०७९

बुटवल, ५ माघ ।
सोनम ल्होछारको पुर्वसन्ध्यामा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । तामाङ नयाँ वर्ष २८५९ औ सोनाम ल्होछारको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत समितिले बुधबार रक्तदान कार्यक्रम गरेको हो । 

एक कार्यक्रमकाबीच नेपाल तामाङ घेदङका केन्द्रीय सदस्य बिर बहादुर लामाले कार्यक्रमको शुभारम्भ गर्दै तामाङहरु सामाजिक कार्यमा समेत अग्रसर रहेको बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष बिरमान तामाङ, जिल्ला अध्यक्ष राजेश घिसिङले जिल्लामा छरिएर रहेका तामाङहरुलाई एकजुट गरी जातीय संस्कार र विविध सामाजिक कार्यक्रमहरुमा अग्रसर गराउँदै आएको बताए । कार्यक्रममा रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । रक्तदान कार्यक्रमका संयोजक हसन्त लामाले ३० युनिट रगत संकलन भएको बताए ।