२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

बिहिवार , माघ ५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • एजेन्सी-न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् । ‘मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन् । 

    सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो  । हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ । आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन् ।