२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

जेसीआई सिद्धार्थ लेडीको २७ औं पदस्थापन समारोह, अध्यक्षमा पाण्डे

बिहिवार , माघ ५, २०७९

भैरहवा, ५ माघ ।
जेसीआई सिद्धार्थ लेडी, नेपालको २७ औं पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको छ । समारोहमा वर्ष २०२३ का लागि विष्णु पाण्डेको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापना गराइएको थियो । कार्यक्रममा वर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेतीले वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डेलाई सपथ ग्रहण गराएकी थिइन् । त्यस्तै अध्यक्ष पाण्डेले कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।

325950301_487200706826512_8636626094932485453_n.jpg

कार्यक्रममा वर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेतीले वर्ष २०२३ की अध्यक्ष पाण्डेलाई, वर्ष २०२२ की महासचिव सिर्जना पाठकले वर्ष २०२३ की महासचिव मनिषा पाण्डेलाई र वर्ष २०२२ की कोषाध्यक्ष सिर्जना पाठकले वर्ष २०२३ की कोषाध्यक्ष सिर्जना ज्ञवालीलाई पद हस्तान्तरण गरेका थिए ।

जेसीआई सिद्धार्थ लेडी, नेपालको २६ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले वर्ष २०२३ का लागि अध्यक्षमा विष्णु पाण्डेलाई सर्वसम्मत निर्वाचित गरेको थियो । निर्वाचन आयुक्त मञ्जु शर्मा रेग्मीका अनुसार संस्थाको कार्यकारिणी उपाध्यक्षमा ज्ञानुमाया पाण्डे, संगिता आचार्य, महासचिवमा मनिषा पाण्डे, कोषाध्यक्षमा सिर्जना ज्ञवाली, उपाध्यक्षमा उर्मिला टण्डन, मुना रावल, संगिता घिमिरे, सीता काफ्ले, निर्देशकमा भिम कुमारी कडरिया, गंगा कोइराला, कुसुम केसी र पुष्पा अधिकारी निर्वाचित भएका थिए ।

त्यस्तै एसडीजी कोर्डिनेटरमा रीता शर्मा, जनसम्पर्क अधिकारीमा नीपा क्षेत्री, स्वास्थ्य संयोजकमा रत्ना पोख्रेल, सदस्य वृद्धि संयोजकमा मीना ज्ञवाली, शाखा सम्पादकमा मीनाक्षी क्षेत्री, तालिम संयोजकमा प्रतिमा तिमिल्सीना, कानूनी सल्लाहकारमा सिर्जना पाठक र प्रकरण निर्देशकमा प्रतिमा काफ्ले रहेका छन् ।

त्यसै गरी सल्लाहकारमा रचना क्षेत्री, पल्लवी न्यौपाने, देवी न्यौपाने, मञ्जु शर्मा रेग्मी र पार्वती पौडेल रहेका छन् ।
पदस्थापन समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले जेसीआई सिद्धार्थ लेडी, नेपालले सामाजिक क्षेत्रमा कार्य गर्दै आएको र कुनै सामाजिक कार्यमा संस्थाले आवश्यक ठानेमा आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले देशलाई सही बाटोमा लैजानु र जनताको समस्या समाधान गर्नु नै आजको आवश्यकता भएकोमा जोड दिए । उनले भने, ‘राजनीति निर्वाचनको बेला मात्र गरौं, अन्य समयमा देश र जनताको लागि काम गरौं । ’

नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले जेसीआई सिद्धार्थ, नेपालले क्यान्सरविरुद्ध सचेतना कार्यक्रम गर्नुपर्ने र त्यसमा आफूहरुको सहयोग रहने बताए ।

कार्यक्रममा वीर फाउण्डेशन, नेपालकी अध्यक्ष विजया खत्री, निर्वाचन आयुक्त मञ्जु शर्मा रेग्मी, जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेती लगायतले बोलेका थिए ।

जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेतीको अध्यक्षता, कार्यक्रम संयोजक मनिषा पाण्डेको स्वागत, सीता काफ्लेको आस्था पाठ तथा सिर्जना पाठक र ज्ञानुमाया पोखरेल न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेतीले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।