२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

बुधवार , माघ ४, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • किभ,४ माघ । युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् । 
    घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।