२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने

बुधवार , माघ ४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ४ माघ । कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।

    बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए। सोही बैठकमा न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो । कांग्रेसले सभामुख उम्मेदवार बनाउन लागेकी न्यौपाने कैलालीकी हुन्।

    पदाधिकारी बैठकअघि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार प्रतिनिधिसभामा सभामुखका लागि मतदान हुनेछ।