
शुक्रवार , पौष १०, २०७७
बुटवल, १० पुस ।
राष्ट्रिय संगीत कर्मी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा संचालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।
गीत संगीत संगसंगै सामाज सेवालाई पनि अगाडी बढाउने उद्देश्यले पोशाक वितरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा नेपालले बताइन् । पोशाक वितरण समारोहमा वोल्ने वक्ताहरुले अनाथ तथा असहाय बालबालिकाको भाषामा परिवर्तन गर्न माग गरेका छन् ।
परिवारवाट पीडित वालवालिकालाई थप पीडा हुने गरी भाषा प्रयोग गर्दा हिनतावोध हुने भएकाले आगामी दिनमा त्यस प्रकारका भाषामा परिवर्तन गर्न सुझाव दिएका छन ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले सामाजिक क्षेत्रमा काम गर्दा प्रतिफको आशा गर्न नहुने धारणा राखे । कार्यक्रममा संगीत कर्मी ओम ज्ञवालीले ४५ सय रुपैयाँ नगद, दया भण्डारीले २१ सय नगद र राजविर जैसवालले ९ जोर जुत्ता प्रदान गरेका थिए ।
कार्यक्रममा महिला अभियान्ता रीता सेन वली, सौगात सायर, भगवती पन्थी दोमोदर वस्याल आश्रमकी अध्यक्ष मैनादेवी भट्टराई लगायतले संस्थाले सामाजिक कार्यमा गरेको कामलाई निरन्तरता दिन माग गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij