२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह शुरू

मंगलवार , माघ ३, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल,३ माघ । बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा मङ्गलबारदेखी खेलकुद सप्ताह शुरू गरीएको छ ।

    खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईने छ।

    नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ।खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए।

    अतिरिक्त क्रियाकलाप संयोजक मनोज क्षेत्रीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको स्वागत कोर्डिनेटर माया पौडेल र सन्चालन शिक्षक सुरज विकले गरेका थिए । खेलासप्ताह शुक्रवारसम्म चल्ने छ।