images

बिहिवार, बैशाख १३ गते २०८१

मानविय सेवाका लागि नेवारी भोज 

मानविय सेवाका लागि नेवारी भोज 

images
images
images
मंगलवार, माघ ३ २०७९
मंगलवार, माघ ३ २०७९
  • मानविय सेवाका लागि नेवारी भोज 

    भैरहवा । लायन्स क्लब अफ लुम्बिनी क्रियाटीभ लेडीले भैरहवामा नेवारी परिकार सहितको भोजको आयोजना गरेको छ । क्लवले मानविय सेवाको लागि भन्दै माघ ६ गते शुक्रबार नेवारी भोज कार्यक्रमको आयोजना गरेको हो । 

    images

    क्लवले भैरहवास्थित विद्रोही चोक सानु डिपार्टमेन्टल स्टोर प्राङगडमा दिउसो साढे ३ बजेदेखि नेवारी भोजको आयोजना गरिएको क्लवकी अध्यक्ष सविता तुलाधरले जानकारी दिइन । 

    भोजमा नेवारी सस्कृती झल्किने योमरी, बारा, छोईला, भुटुवा, अन्डा भट्मास, सेलरोटी, थेवो (छ्याङ) जस्ता विभिन्न परिकारहरुको स्वाद लिन सकिने अध्यक्ष तुलाधरले जानकारी दिइन । 

    “आज भोलि प्राय सबै हाम्रो समाजमा संस्कार र हाम्रो सस्कृती हराउदै गएको छ, हराउदै गएको सस्कार र सस्कृतिको शंरक्षण गर्नुका साथै मानविय सेवाका लागि यो कार्यक्रमको आयोजना गरिएको तुलाधरले भनीन ।”

    म.म, पिजा, चाउमीन, बर्गर, केक जस्ता खानेकुराको अलवा परम्परागत र पौष्टिक खानाको प्रबद्धन गर्नु अहिलेको आबश्यता भएको उनको भनाई छ । 

    ओझेलमा परेका परम्परागत नेवारी परिकार र सस्कृती जर्गेना गर्न नेवारी भोजको कार्यक्रम राखिएको अध्यक्षय तुलाधरले जानकारी दिईन ।

     

      

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij