२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

माओवादीबाट मोदी, शर्मा र किराँती मन्त्री बन्दै

मंगलवार , माघ ३, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ३ माघ । माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजनालाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

    सत्तागठबन्धनमा माओवादीले प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय पाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् । 

    प्रचण्डले अमनलाल मोदीलाई संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री, सुदन किरॉतीलाई पर्यटन र  रेखा शर्मालाई सञ्चार मन्त्री बनाएका हुन् । नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।