२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सप्ताहव्यापी कार्यक्रम गरी २८५९ औं सोनाम ल्होछार मनाउने तयारी

मंगलवार , माघ ३, २०७९

बुटवल, ३ माघ ।
कोभिड संक्रमणको कारण २ वर्ष नयाँ वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ आंै सोनाम ल्होछार भव्य रुपमा मनाउने भएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको हो । 

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रम अन्र्तगत माघ ४ गते रक्तदान, माघ ६ पुष्पलाल पार्कमा दीप प्रज्वलन, ८ गते पुष्पलाल पार्कदेखि शान्तिपद यात्रा, तामाङ पूजासँगै शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताए । 

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य वीरबहादुर लामाले सबै जातीको आ–आफ्नै इतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अपनाउने जातीमा पर्ने दावी गरे । 

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष वीरमान लामाले तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए । 

कार्यक्रममा पूर्वअध्यक्ष कृष्ण बहादुर मोक्तानले २ वर्ष कोभिड–१९ संक्रमणकै कारण रोकिएको बताए । नेपालमा आफनै संस्कार, संस्कृति र पहिचान भएको तामाङहरु जातीगत एकता नभइ संस्कार संस्कृति अपनाउन कठिन भएको बेला स्थापना भएको उनले बताए । 

कार्यक्रममा प्रदेश सचिव शम्भु मोक्तान, युवा अध्यक्ष हसन्त लामा, संयोजक दिल बहादुर घिसिङले नयँ पुस्तामा तामाङ जातीको पहिचान र संस्कृति चिनाउन जरुरी रहेको बताए । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन् । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।