
सोमवार , माघ २, २०७९
भैरहवा, २ माघ ।
लायन्स क्लब अफ भैरहवा लिगेसीले न्यानो कपडा (कम्बल) वितरण गरेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको परिस्थितिलाई मध्यनजर गर्दै क्लबले शुक्रबार मर्चवार क्षेत्रमा विपन्न परिवारलाई कम्बल वितरण गरेको क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए ।
सम्मरीमाई गाउँपालिका १ देखि ७ वडाका ५८ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक सन्दिप अग्रहरीले बताए ।
कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले शितलरहको बेला विपन्न परिवारलाई कम्बल वितरणले ठूलो सहयोग हुने बताए । लायन्स क्लब अफ भैरहवा लिगेसीले गाउँपालिकामा आएर कम्बल वितरण गरेको भन्दै उनले क्लबलाई धन्यवाद व्यक्त गरे ।
लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष रविकान्त उपध्यायले चिसोबाट बच्न थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए । सम्मरीमाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर समेत गर्ने योजना रहेको उनले बताए । क्लबका सचिव नारायण कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुशिल सिंघल, समरन पाण्डे, शैलेश उपाध्याय, रामदेव गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij