२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

सोमवार , माघ २, २०७९

पोखरा, २ माघ ।आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ । सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन । उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो । 

 शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ । न्युज कारखाना