२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने

सोमवार , माघ २, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । 

    वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

    प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन । राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा पनि छलफल भएको छ । दुवै नेता मन्त्रिपरिषदलाई चाँडै पुर्णता दिनेमा सहमत भएका छन । न्युज कारखाना