२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

आज यती एयरलाइन्सका नियमित उडान नहुने

सोमवार , माघ २, २०७९

काठमाडौं, २ माघ ।
यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए । सरकारले आज  शोक विदा दिएको छ । न्युज कारखाना