
आइतवार , माघ १, २०७९
अर्घाखाँची, १ माघ ।
लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४४ औं जन्मजयन्तीको अवसरमा लायन्स क्लब अफ अर्घाखाँचीले पाणिनी वेदविद्याश्रम सन्धिखर्कमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
पाणिनी वेद विद्याश्रममा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका लायन्स इन्टरनेशनल ३२५ एम का डिष्ट्रिक प्रेसिडेन्ट हरिप्रसाद भुसालले समाजसेवा नै लायन्सको परिचय रहेको बताए ।
लायन्स क्लब अफ अर्घाखाँचीका संस्थापक अध्यक्ष समेत रहेका भुसालले अर्घाखाँचीमा लायन्स अभियान गर्व गर्न लायक रहेको बताउदै लायन्स क्लबको सक्रियता सवैको लागि सिकाई बन्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पाणिनी वेदविद्याश्रम सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसाल, पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको महान कार्यको मुक्तकण्ठले प्रसंशा गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ अर्घाखाँचीको सदस्यको रुपमा थपिएका मिरा थापा, सकुन्तला अधिकारी, अम्विका श्रेष्ठ, वेदराज घिमिरे र कुशल भुसाललाई स्वागत समेत गरिएको थियो ।
क्लबले अर्घाखाँची जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ४८ जना सदस्य रहेको क्लब करीव डेढ वर्ष अघि स्थापना भएको हो ।न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij