
आइतवार , माघ १, २०७९
भैरहवा, १ माघ ।
कान्दु वैश्य युवा सेवा समिति, सिद्धार्थनगर, रुपन्देहीले आइतबार भैरहवामा खिचडी सहभोज कार्यक्रम सम्पन्न गरेको छ । समितिले कान्दु वैश्य धर्मशाला र भीम अस्पतालमा कार्यक्रम गरेको हो ।
माघे संक्रान्ति (खिचडी) को अवसर पारेर कार्यक्रमको आयोजना गरिएको कान्दु वैश्य युवा सेवा समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मनोज कान्दुले बताए । कार्यक्रम अन्तर्गत ३ सय जनालाई खिचडी वितरण गरिएको कान्दुले जानकारी दिए ।
कार्यक्रममा कान्दु वैश्य सेवा समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मदनलाल कान्दु, निवर्तमान अध्यक्ष श्रीराम गुप्ता, तालकेश्वर् कान्दु, युवा समितिका उपाध्यक्ष कनकलता गुप्ता, वरिष्ठ उपाध्यक्ष पिन्टु कान्दु, महासचिव दुर्गा प्रसाद गुप्ता, सह–कोषाध्यक्ष श्रवण कान्दु, सदस्य ध्रुप कान्दु, मनोज कुमार कान्दु, शिव शंकर कान्दु, सुनिता वर्नवाल, पुनम बर्नवाल, गिरिजाशंकर कान्दु कार्यक्रम संयोजक तथा युवा समितिका कोषाध्यक्ष आकाश कान्दु लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij