
आइतवार , माघ १, २०७९
रुपन्देही, १ माघ ।
शहीद जितेन्द्र-मणी स्मृति प्रतिष्ठान, लुम्बिनीले पूर्व जनमुक्ति सेनालाई सहयोग गरेको छ । आइतबार एक कार्यक्रमबीच प्रतिष्ठानले रुपन्देहीको सैनामैना नगरपालिका–२ हरियाली टोलकी शशि गुरुङलाई प्रतिष्ठानले सहयोग गरेको हो ।
मृगौलासम्बन्धि रोगबाट पीडित प्रतिष्ठानकी सदस्य गुरुङलाई १२ हजार ५ सय रुपैयाँ सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष तीर बहादुर रोका मगर (डार्बिन)ले बताए ।
प्रतिष्ठानले शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत केही वर्षदेखि सामाजिक कार्यसँगै शहीद परिवार, गरीब तथा असहायलाई सहयोग गर्दै आएको सचिव मनिष कुमार जोशीले बताए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नारायण बहादुर हमाल, कोषाध्यक्ष डम्बर बहादुर खत्री, सदस्य केशव कुंवर, दिलिप कोहार र सुनिल कान्दुको पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij