२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सिद्धार्थनगर–१० मा खेलकुद सामग्री तथा कम्बल वितरण

आइतवार , माघ १, २०७९

भैरहवा, १ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० वडा कार्यालयले विपद् र शिक्षा तथा खेलकुद सामग्री तथा माघे संक्रान्ति प्रसाद वितरण गरेको छ । वडामा रहेका एकल महिला, अपांगता भएका तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै आइतबार १९२ वटा कम्बल वितरण गरिएको वडाअध्यक्ष सुर्जमन अहिर (यादव)ले बताए । उनले दोगहरीमा १ सेट ब्याट, शंकरपुरमा १ सेट ब्याट र स्ट्याम्प र बेलाहवडीमा १ सेट ब्याट र स्ट्याम्प वितरण गरिएको बताए ।

त्यस्तै शंकरपुरस्थित मदरसामा ४५ थान प्लाष्टिक कुर्सी, १ थान अफिस कुर्सी (घुम्ने कुर्सी) र २ सेट ब्याडमिन्टन वितरण गरिएको वडाअध्यक्ष यादवले जानकारी दिए । कार्यक्रममा खिचडी समेत वितरण गरिएको उनले बताए । 

WhatsApp Image 2023-01-15 at 2.06.13 PM.jpeg

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले वडा नम्बर १० को कार्यालयले सराहनीय कार्य गरेको बताइन् । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।