
आइतवार , माघ १, २०७९
भैरहवा, १ माघ ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, ६, १० र ११ ले आइतबार कम्बल वितरण तथा खिचडी खुवाउने कार्यक्रम गरेको छ । माघे संक्रान्तिको अवसरमा ज्येष्ठ नागरिक, असहायहरुलाई खिचडी खुवाउने तथा कम्बल (न्यानो कपडा) वितरण कार्यक्रम गरिएको समाजका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताए । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा जाडो मौसमलाई मध्यनजर गर्दै कम्बल वितरण गरिएको समाजका सचिव श्रीराम गुप्ताले बताए । कार्यक्रममा ८० जनालाई कम्बल वितरण गरिएको उनले जानकारी दिए ।
सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले कम्बल वितरण कार्यक्रममा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिए । उनले पछिल्लो समय लागूऔषधसम्बन्धी मुद्दा दर्तामा कमी आएको बताए । उनले भने, ‘सामूहिक प्रयासले लागूऔषध दुव्र्यसनी तथा ओसारपसारका घटनामा कमी आएको छ ।’
कार्यक्रममा बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख सल्लाहकार दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, समाजका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिक लगायतले बोल्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको अध्यक्षता, उपाध्यक्ष श्रीचन्द जैसवालको स्वागत तथा सचिव श्रीराम गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij