
आइतवार , माघ १, २०७९
भैरहवा । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजबाट हालसम्म ३० जनाको शव निकालिएको छ ।
आइतबार बिहान पोखरा सेती नदीको खोंचमो खसेको बिमानमा दुर्घटनामा परेका यात्रुको उद्धार कार्य जारी रहेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ याक्र गरी ७२ जना सवार थिए ।
जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए ।
बिहान पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन । उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij