
आइतवार , माघ १, २०७९
भैरहवा । यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।
बिमानमा लागेको आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए । दुर्घटनाको बिस्तृत बिवरण भने अझै आउन सकेको छैन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij