२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

भैरहवामा क्यान्सरविरुद्ध सचेतना कार्यक्रम

शनिवार , पौष ३०, २०७९

भैरहवा, ३० पुस ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र नेपाल क्यान्सर सपोर्ट ग्रुप ललितपुरले शुक्रबार भैरहवामा क्यान्सरविरुद्ध सचेतना कार्यक्रम गरेको छ । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४४ औं जन्मोत्सवको अवसर पारेर कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मंगल भण्डारीले बताए । ‘मेल्भिन जोन्स सर्भिस विक’ अन्तर्गत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थी, युवा लगायतको उपस्थिति रहेको भण्डारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सरविरुद्ध सचेतना कार्यक्रम आवश्यक रहेको बताए । उनले रोग लुकाउनु भन्दा उपचारतर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘समयमै क्यान्सरको पहिचान भएर यो निको पार्न सकिन्छ । ’

325615289_1952871398408293_4638751648527070945_n.jpg

त्यस्तै नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले गुटखा विक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गरेर सिद्धार्थनगर नगरपालिकाले धेरै राम्रो कार्य गरेको बताए । उनले जनचेतनामूलक कार्यक्रमलाई ४० प्रतिशत क्यान्सरलाई टाढा राख्ने बताए ।

लायन्स होलिसिटी सिद्धार्थनगरका अध्यक्ष मंगल भण्डारीको अध्यक्षता, कार्यक्रम संयोजक विक्रम पन्थीको स्वागत, कोषाध्यक्ष रवि थपलियाको ध्वजा अभिवादन तथा ऋषिराम पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।