२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

नबिल बैंकको ३० प्रतिशत लाभांस पारित

शुक्रवार , पौष २९, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २९ पुस । 

    क बर्गको बैंक नबिल बैंकको साधारण सभा बैठकवाट ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बसेको बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो।

    बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो।

    यसैगरी, साधरण सभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ । 

    नबिल बैंक आ.व. २०७८÷०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो । न्युज कारखाना