२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायनेस क्लब अफ बुटवलको ३७ औं चार्टरनाईट सम्पन्न 

शुक्रवार , पौष २९, २०७९

बुटवल, २८ पुस ।
लायनेस क्लब अफ बुटवलले ३७ औं चार्टर नाइट एक कार्यक्रमको आयोजना गरी मनाएको छ । यस क्षेत्रकै सबैभन्दा जेठो लायनेस क्लबको सन् १९८७ मा स्थापना भएको क्लबले जनाएको छ । क्लबले स्थापना दिवसको अवसर पारेर बुटवलमा ३७ औ चार्टर नाईट कार्यक्रम गरेको हो । 

लायनेस क्लब अफ बुटवल वर्ष २०२२/२३ को अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, संस्थापक सदस्य लगायतलाई सम्मान गरिको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लायनेस क्लब अफ बुटवल स्थापनाको ३७ औं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गरे । समाजमा विभिन्न क्लबहरु स्थापना हुने र स्थापना भएको केही वर्षमै हराएर जाने गरेको बताउँदै लायनेस क्लब ३७ वर्षसम्म पनि निरन्तर विभिन्न सामाजिक कार्यक्रमहरुमार्फत समाजमा स्थापित रहेको बताउँदै क्लबको प्रगतिको कामना गरे । उनले बुटवल लगायत यस क्षेत्रमा लायन्स क्लबको स्थापनामा पूर्व नगरप्रमुख समेत रहेका स्व.सुर्य प्रसाद प्रधानको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै लायन्स क्लबहरुले समाजमा रहेर थप महत्वपूर्ण कार्यक्रममा जोड दिन आग्रह गरे । उनले आधु्निक बुटवलको निर्माणका लागी नगरले विभिन्न योजनाहरु अगाडि सारेको उल्लेख समृद्ध बुटवल निर्माणको लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा लायन्स जिल्ला ३२५ पी का प्रथम डिष्ट्रिक भाईस गभर्नर अर्जुनमान सैजुले लायनेस क्लब अफ बुटवलले समाजमा रहेर महिला नेतृत्व र महिलालाई पनि सामाजिक कार्यमा जोड्ने अवसर प्रदान गरेको भन्दै धन्यवाद दिए ।

सन् १९८७ मा स्थापना भएको क्लबको स्थापना दिवसको अवसरमा आयोजित चार्टर नाईट कार्यक्रममा क्लबले यस लायन्स वर्षभित्र गरेका विभिन्न कार्यक्रमहरुको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक सीता ध्वजुको स्वागतमा भएको कार्यक्रमको सञ्चालन क्लबकी सचिव मनिषा बज्राचार्यले गरेकी थिइन् ।