२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

शुक्रवार , पौष २९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • लण्डन् -उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार  मन्त्री पौडेलले  ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

    आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा..उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।