२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

लुम्बिनी प्रदेश : माघ ३ मा सभामुख र उपसभामुख चयन गरिने कार्यतालिका 

शुक्रवार , पौष २९, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • दाङ, २९ पुस ।
    लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकै दिन गरिने भएको छ । माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन् । सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ । 

    लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ । यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा (माओवादी केन्द्र) र उपसभामुख राप्रपाले पाउने छ । यद्यपी सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्ने बारेमा माओवादी तथा राप्रपामा छलफल जारी छ । 

    प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । नेपालको विधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ कोनियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागी निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको छ । 

    जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको मिति र समय निर्धारण गरेकाले प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) वमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ । माघ २ गते सोमवार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावहरुको सूचना दर्ता गर्ने कार्यतालिका छ । त्यस्तै सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

    माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको लागि लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमश ः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरु माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।