२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

रुपन्देहीको मर्चवारमा गोली चल्यो, तीनजना प्रहरीको नियन्त्रणमा

बिहिवार , पौष २८, २०७९

भैरहवा, २८ पुस ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । बिहीबार (आज) राती करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित त्रिलोकपुरमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले पुष्टि गरे ।

प्रहरीका अनुसार गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनका लागि हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानको काम जारी रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । घटना भएको स्थान नेपाल–भारतको सीमा क्षेत्र हो ।