२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित

बिहिवार , पौष २८, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । 

    प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

    सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य मण्डलले जानकारी दिए । गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर थिए । 

    कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो । 

    प्रदेश १ को पहिलो कार्यकालमा  एमाले  सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन् ।