२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गुल्मीमा पहिलोपटक महिला सिडियोको रुपमा रुद्रदेवी शर्मा

बिहिवार , पौष ९, २०७७

गुल्मी, ९ पुस ।
गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा बुधबार आएकी हुन् । 

बिहिबार पत्रकारसंगको परिचयात्मक कार्यक्रममा शर्माले आफु ११ महिना रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेको र दोस्रो प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएको शर्माले जानकारी दिईन् । परिचयात्मक कार्यक्रममा जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुले जिल्लाको वर्तमान अवस्थाको जानकारी दिदैँ पत्रकारले नागरिकलाई छिटो र छरितो माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने भएकाले समयमै सुचना दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्दै संचारकर्मीले आफ्ना जिज्ञासा राखेका थिए । 

जिल्लाले पहिलो पटक महिला सिडियो पाएको हुदाँ गुल्मीमा स्वागत गर्दै शान्ति सुरुक्षा कायम राख्दै नयाँ कार्यको अनुभुति गर्ने आशामा गुल्मेली जनता रहेकोे नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नबराज भुसालले बताए । प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मी आएकी शर्मालाई राम्रो कामको अभियान सुरु गर्दा जस्तो परिस्थितिमा पनि पत्रकारले पूर्ण सहयोग गर्ने अध्यक्ष भुसालले बताए । 

पछिल्लो समय अत्याधिक मदिरा सेवनका कारण दैनिक जिल्लामा हत्या, हिंसा, बलात्कार र दुर्घटनाका घटनाहरु दैनिक बढेकाले यसमा चासोका साथ लाग्न नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जर्नादन घिमिरेले आग्रह गरेका छन् । पहिलोपटक जिल्लाले महिला प्रमुख जिल्ला अधिकारी पाउँदा गुल्मेलीहरुले नमुना तथा सकारात्मक परिवर्तनको आशा गरेको  पूर्वअध्यक्ष घिमिरेले बताए। 

परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ शर्माले संघ, प्रदेश र स्थानीय तहसंग समन्वय गरी कार्यालयबाट प्रदान हुने सबै खालका सेवाहरु दिदैँ २४ घण्टाभित्र उद्धार र ७२ घण्टाभित्र राहातको व्यवस्था मिलाउने प्रतिबद्धता गरेकी छन् । जिल्लामा हुने सार्वजनिक स्रोत तथा सम्पत्तिको संरक्षण गर्दै सबैसंग मिलेर कानुनको शासनमा रहि विवेकशिलता, संवेदनशिलता, पार्दशिता, जनमुखी प्रशासन, सुशासनको सिद्धान्तबाट आफु अगाडि बढ्ने लक्ष्य लिएको उनले बताइन् ।  यस अघि गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा भरतकुमार शर्मा थिए ।