
बुधवार , पौष २७, २०७९
बुटवल, २७ पुस ।
पुस २९ र ३० गते दोस्रो लुम्बिनी प्रदेशस्तरिय ‘सी’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टारको आयोजनामा प्रतियोगिता हुने भएको बुधबार पत्रकार सम्मेलन गरी आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठले बताए ।
तिलोत्तमा नगरपालिका रहेको ब्याडमिन्टन कोर्टमा दुईदिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको उनले बताए । दुई ईभेन्टमा हुने प्रतियोगितामा मेन्स डबल्सको उपाधि विजेताले नगद ३२ हजार रुपैयाँ, उपविजेताले नगद २२ हजार रुपैयाँ र तृतीय हुने दुई टीमले जनही नगद १६ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरि भेट्रान्स डबल्स ४५ वर्षमाथिको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १५ हजार रुपैयाँ तथा तृतीय दुई टीमले जनही नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको टप आठमा पुग्ने टीमलाई समेत पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी क्याबिनेट सेक्रेटरी सन्दिप कसौधनले सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउन सफल रहेको क्लब खेलकुदमा पनि अग्रसर रहेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष विजय बर्नवाल, अर्जुन कार्कीले ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिष्पर्धा गर्ने बताए । संयोजक दुर्गा आलेले यसवर्ष भेट्रान्स खेल समेत जोड्दा साढे ७ लाख बढी खर्च हुने अनुमान रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij