२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

बुधवार , पौष २७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • जनकपुरधाम, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।