२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

बुधवार , पौष २७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २७ पुस । जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । 

    पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् । 

    नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् ।