२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिकमा पुर्‍याउनेछु : प्रधानमन्त्री

मंगलवार , पौष २६, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । 

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पुर्‍याउने बताएका छन् । 

    यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए । 

    रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।