२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

सोमवार , पौष २५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • पोखरा, २५ पुस ।

    गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गरेका छन् । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिएका छन् । 

    उनीहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ । न्युज कारखाना