images

शुक्रवार, चैत्र १६ गते २०८०

सिद्धार्थनगरमा सुत्केरीलाई कोसेली दिदै घरघरमा उपप्रमुख

सिद्धार्थनगरमा सुत्केरीलाई कोसेली दिदै घरघरमा उपप्रमुख

images
images
images
सोमवार, पौष २५ २०७९
सोमवार, पौष २५ २०७९
  • सिद्धार्थनगरमा सुत्केरीलाई कोसेली दिदै घरघरमा उपप्रमुख

    भैरहवा, २५ पुस । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।

    images
    images
    images

    सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घरघरमा पुगेर सुत्केरी आमाहरुसगँ कोसेली भेट गरेकी छिन् । कोसेली झोलासहित घरघरमा पुगेर आमाहरुलाई कोसेली दिदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थ्यका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् । 

    नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन साबुन, जनसन तेल, स्यानटरी प्याड, झुल, मेक्सी रहेको नगर उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइरालाले बताइन् । उनकाअनुसार करिब ३ हजार रुपैयाँ मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमाहरुलाई उपलब्ध गराउन सुरु गरिएको छ ।

    323939656_1357121175105928_3421872628395242349_n.jpg

    नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्युनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने नगरालिकाले प्रावधान बनाएको छ ।

    ‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन् । सुत्केरी अवस्थामा के खाने ?, कति दिन आराम गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । ‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ’, अधिकारीले भनिन् ।

    बेलहियाकी सुशिला श्रेष्ठले नगरपालिकाबाट कोसेली झोला पाएको खुशी व्यक्त गरिन्  । ‘हामीलाई चाहिएको सबै साम्रगीहरु कोसेली झोलामा रहेको छ’ उनले भनिन्, ‘उपप्रमुखले घरमै आएर भेट गरेर कोसेली दिनुभयो, धेरै खुशी लागेको छ ।’

    सिद्धार्थनगर वडा नम्बरका १ का वडाअध्यक्ष उज्जवल पोखरेलले उपप्रमुख सुत्केरी कोसेली भेट कार्यक्रम धेरै फलदायी रहेको र वडावासीहरुले खुशी व्यक्त गरेको बताए । उनले अगामी दिनमा नगरपालिकाबाट थप जनमुखी कार्यक्रमहरु ल्याउनका लागि सुझावहरु आएको र आफुहरुले ल्याउने प्रतिवद्ध रहेको जनाए ।  

    सुत्केरी आमाहरुलाई कोसेलीसहित उपप्रमुख अधिकारी, वडा नम्बर १ का वडाअध्यक्ष पोखरेल, वडा सदस्यहरु, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी, स्वयंसेविका लगायतले भेट गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij