२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन

सोमवार , पौष २५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २५ पुस । संघीय संसदको अधिवेशन सोमबारबाट सुरु हुँदै छ । संसदको अधिवेशन सुरु हुने भएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै आवश्यक निर्देशनसमेत दिएका छन् । 

    सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यसपटक संसदमा सहभागी भएको छ ।

    पार्टी गठन गरेलगत्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसदमा चौथो दलको हैसियत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । 

    सो पार्टीको संसदीय दलको सोमबार बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले जनचासो र जनजीविकको विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् । 

    निर्वाचनमार्फत जनताले दिएका जिम्मेवारी, राष्ट्रियहित र स्वाभिमानको विषयमा अडिग रहेर भूमिका खेल्न नेता लामिछानेले निर्देशन दिएका छन् । 
    उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि सांसदलाई भनेका छन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा रहेको छ ।