२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा भैरहवामा लायन्स साईकल र्‍याली

सोमवार , पौष २५, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २५ पुस ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले लायन्सका संस्थापक मेल्भिन जोन्सको १४४ औंजन्मोत्सवको अवसरमा भैरहवामा लायन्स साईकल र्‍याली–२०२३ कार्यक्रम सम्पन्न भएको छ ।

    शनिबार भैरहवामा साईकल सिटी सिद्धार्थनगरसँग समन्वय गरी साईकल र्‍याली कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिए । भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्‍याली एयरर्पोट, गल्लामण्डी, मेडिकल कलेज, आँखा अस्पताल, बुद्धचोक हुँदै बैंकरोडमा पुगेर समापन भएको थियो । 

    समापन समारोहमा बोल्दै साईकल सिटी भैरहवाका अध्यक्ष सुरु कुमार सारु मगरले भैरहवामा साईकल लेनको आवश्यकता रहेको बताए । 

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताइन् । उनले सिद्धार्थनगरको सुन्दरता कायम गर्न जथाभावी फोहर फाल्ने बानीको अन्त्य गर्नुपर्ने बताइन् । साईकल लेन विस्तारका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर पीएमजेफ नवराज न्यौपानेले लायन्स क्लबले समाजका लागि धेरै काम गरेको बताए । उनले मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रम अन्तर्गत भैरहवास्थित भीम अस्पताललाई आवश्यक मेडिकल सामग्री हस्तान्तरण गर्ने लागेको बताए ।

    कार्यक्रममा सहभागी साईकलयात्रीहरुलाई विभिन्न विधाहरुमा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नुर मदन थापा, आस्मिनी खरेल, संस्कार श्रेष्ठ, आदित्य थापा, बबिता पुन गुरुङ, अमन शेरचन र दिव्यम भट्ट रहेका छन् ।

    323947539_1368372823980370_4778445867866791929_n (1).jpg


    कार्यक्रममा साईकल सिटी भैरहवा र बुटवल युनाईटेडलाई सम्मान गरिएको थियो । लायन्स प्रोग्रेसिभका अध्यक्ष सुनिल सेन्चुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ (पी) का सल्लाहकार प्रेम कुमार सेन्चुरी, राजेश खरेल, दिपक कौशल, विनय कसौधन लगायतको सहभागीता रहेको थियो । कंचन श्रेष्ठको संयोजन तथा क्लबका सचिव संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।