
आइतवार , पौष २४, २०७९
ललितपुर, २४ पुस । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij