२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

अर्घाखाँचीमा थप १४ जनामा कोरोना पुष्टि

बिहिवार , पौष ९, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १४ जना मा कोरोना पुष्टि भएको छ। 

    पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकामा ४ जना शितगंगा नगरपालिकामा १ जना भुमिकास्थान नगरपालिका ४ जना र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

    योसँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या ७ सय २९ पुगेको छ। जसमध्ये हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६ सय ७० पुगेको छ भने हाल जिल्ल्ला भर ४७ जना सक्रिय कोरोना संक्रमित उपचाररत रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए।

    यस्तै हाल सम्म कोरोना का कारण जिल्ला भरमा १२ जनाको मृत्यु भएको समेत बताईएको छ।