२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सिद्धार्थनगर–१ वडा कार्यालयद्वारा दाउरा वितरण 

आइतवार , पौष २४, २०७९

भैरहवा, २४ पुस । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वडा समितिको कार्यालयले वडाका विभिन्न चोक तथा मठमन्दिर लगायतका स्थानमा दाउरा वितरण सुरु गरेको छ ।

चिसो बढेपछि वडा समितिको कार्यालयले बेलहिया, पक्लिहवा, रानीगाउँ लगायतका चोक तथा मठमन्दिरमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरिएको वडाअध्यक्ष उज्जवल पोखरेलले जानकारी दिए । उनले वडाबासीलाई चिसोबाट जोगाउनका लागि दाउरा वितरण गरिएको र अत्याधिक चिसो कायम रहदासम्म दाउरा वितरण कार्यलाई निरन्तरता दिने बताए ।