२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लुम्बिनी : पत्रकार अनुशिक्षण कार्यक्रम

आइतवार , पौष २४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २४ पुस ।
    लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनीको सहयोगमा लुम्बिनी : पत्रकार अनुशिक्षण कार्यक्रम लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी विकासका उपाध्यक्ष भिक्षु मैत्तेयले सम्पदा संरक्षणका लागि समुदायको अपनत्व आवश्यक रहेको बताए । उनले पर्यटकीय स्थलको उचित व्यवस्थापन, संरक्षण र विकासको खाका बनाएर अघि बढ्नुपर्ने बताए ।

    कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्विचरण) ले रातो प्लेट हरियो नम्बर प्लेट बनेपछि यहाँ रहेका विद्युतीय बस सञ्चालन हुने बताए । कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकास गुरुयोजना लम्ब्याउने पक्षमा कोष नरहेको बताए । 

    त्यस्तै योजना प्रमुख ई. सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले बोल्दै लुम्बिनीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । 

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्माको स्वागत तथा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।