२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एभरेष्टमा विज्ञान तथा चित्रकला प्रदर्शनी सम्पन्न

आइतवार , पौष २४, २०७९

बुटवल, २४ पुस । 
बुटवलको सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुले बनाएका डेढ सयवटा विभिन्न प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो । 

प्रतियोगितात्मक रुपमा विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा कक्षा ९ र १० बाट सोहन घिमिरेको समूह प्रथम, सुप्रिया थापाको समूह द्वितीय, सुमन वाग्लेको समूह तृतीय र स्पन्दन लम्सालको समूह चौथो भएका छन् । 
त्यसै गरी कक्षा ६,७ र ८ बाट बिहान न्यौपानेको समूह प्रथम, निर्जला शर्माको समूह द्वितीय, दृष्टि तिवारीको समूह तृतीय र रुसीन बिकको समूह चौथो भएको हो ।

त्यस्तै कक्षा ४ र ५ बाट नियती पियाको समूह प्रथम, रिजन शाक्यको समूह द्वितीय, वंश थापाको समूह तृतीय र आरयक बेल्बासेको समूह चौथो भएको निमावि तह संयोजक सरस्वती पाण्डेले जानकारी दिइन् । 

विज्ञान प्रदर्शनी प्रतियोगितामा कक्षा ४ देखि ५ सम्मका विद्यार्थीले भोल्कानो, वाटर साईकल, माइक्रोस्कोप, कक्षा ६, ७ र ८ का विद्यार्थीले ईलेक्ट्रिक साईकल, प्रोग्रामीङ्ग रोवोर्ट, स्मार्टसीटी, टेलिसकोप तथा कक्षा ९ र १० का विद्यार्थीले मोडेल बायो ग्यास, रकेट मोडल, अटोमेटिकल डष्टबीन, टर्निङ सेफ्टी रोड, लेजरलाईट सेक्युरेटी लगायतका डेढसय प्रोजेक्टहरु प्रदर्शन गरेको प्रदर्शनी संयोजक शिक्षक खेमबहादुर थापाले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा दक्ष बनाउनका साथै भविष्यमा सीपमुलक व्यवहारिक शिक्षालाई जोड दिन प्रयोगात्मक शिक्षण सिकाइका लागि विद्यालयमा विज्ञान प्रदर्शनी राखिएको बताए । उनले विद्यार्थीलाई विज्ञान र आविष्कारका वस्तुहरुमा प्रत्यक्ष सहभागी बनाएर बौद्धिक ज्ञानको विकासका लागि प्रदर्शनी आयोजना गरिएको बताए । 

विज्ञान तथा चित्रकला प्रदर्शनीको अनुगमन गर्दै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संचालक समिति सदस्य ठाकुर ज्ञवाली, विद्यालयका सह–प्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, निर्णायक संयोजक शालिकराम भण्डारी, विशाल श्रेष्ठ लगायतले विद्यार्थीले बनाएका विज्ञान तथा चित्रकला प्रदर्शनीको अवलोकनसँगै प्रोत्साहन गरेका थिप्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान, धर्म, पर्यावरण  ईतिहास र विकाससम्बन्धि चित्रण गरिएका चित्रकलाहरुको प्रदर्शन गरिएको चित्रकला संयोजक विशाल थापाले जानकारी दिए ।