२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

अन्तरक्रिया कार्यक्रम तथा समन्वयात्मक बैठक सम्पन्न

आइतवार , पौष २४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २४ पुस ।
    महिला तथा बाल अधिकार जिल्ला संजाल रुपन्देहीको आयोजना तथा एबिसी नेपालको सहयोगमा भैरहवामा अन्तक्रिया कार्यक्रम तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । 

    संजाल रुपन्देहीकी अध्यक्ष समिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा एबिसी नेपालका क्षेत्रिय प्रमुख मनोज लामिछानेले प्रस्तुतीकरण गरेका थिए । लामिछानेले एबिसी नेपालले १ वर्षसम्म गरेका कामको गतिविधिसहित नयाँ सञ्चालनमा आउँदै गरेका परियोजनाका बारेमा जानकारी गाएका थिए । 

     एबिसी नेपालले संवाद कार्यक्रम, युथ फोकस कार्यक्रम, कल्चर एक्सचेन्ज, स्कलरसिप प्रोग्राम, अल्युमिन परियोजना नवलपरासी जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरिरहेको छ । 

    कार्यक्रममा माइती नेपालकी क्षेत्रीय प्रमुख माया क्षेत्री, नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष सीता भट्टराई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । संजाल रुपन्देहीका सचिव अधिवक्ता सुनिल कुमार त्रिपाठीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।