२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

संसद विघटन बिरुद्ध नेपाली काग्रेसले देशव्यापी आन्दोलन गर्ने 

बुधवार , पौष ८, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • काठमाडौँ। नेपाली काग्रेसले प्रतिनिधि सभा (संसद) विघटन बिरुद्ध देशव्यापी प्रर्दशन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

    प्रदर्शनको मिति र कार्यक्रम बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्ने प्रवक्ता शर्माले बताए। प्रवक्ता शर्माका अनुसार पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस सहितको कार्यक्रम गरी मनाउने निर्णय भएको छ। 

    सरकारको असबैधानिक कदमका बिषयमा काग्रेसले कडा आन्दोलन गर्ने जनाएको छ।