
शुक्रवार , पौष २२, २०७९
तिलोत्तमा, २२ पुस ।
परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–११ को आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिवपुर माध्यमिक विद्यालय, शिवपुरमा भएको शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए । ३५० जनामध्ये ५० जनालाई मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन)का लागि अस्पतालमा रिफर गरिएको पाण्डेले जानकारी दिए ।
सहकारीका अध्यक्ष कपिला ए.सी. रायमाझीको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता, सहकारीका उपाध्यक्ष महेश ए.सी.को स्वागत तथा सचिव नविनराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा तिलोत्तमा–११ का वडाअध्यक्ष विष्णु बहादुर बराल र अस्पतालका वरिष्ठ नेत्र अधिकृत सुशन नकर्मीले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij