सोमवार, जेठ १५ गते २०८०

घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढ्दो, सबैभन्दा बढी उत्पादन मुलक  

घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढ्दो, सबैभन्दा बढी उत्पादन मुलक  

images
images

सिता काफ्ले

२२, पौष २०७९
  • 1.7K
    SHARES
  • घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढ्दो, सबैभन्दा बढी उत्पादन मुलक  

    भैरहवा । रुपन्देहीमा घरलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो मात्रामा रहेको छ । बिश्वमै माहामारीको रुपमा फैलिएको कोभिड १९ पछि अर्थतन्त्र पुनः लयमा आउदै गर्दा रुपन्देहीमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढेको हो ।

    घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्याङ अनुसार रुपन्देहीमा मंसिर मसान्तसम्ममा १७ हजार ३९४ उद्योग दर्ता भएका छन् । पछिल्लो तीनबर्षमा रुपन्देहीमा घरेलु तथा साना उद्योग क्रम निरन्तर बढ्दो क्रममा रहेको छ ।

    images

    आर्थिक वर्ष २०७६÷०७७ मा एक हजार १ सय ४१ उद्योग दर्ता भएका छन् । जसमध्ये घरेलु उद्योगतर्फ  ३ बटा उद्योग दर्ता भएका छन् भने साना उद्योगतर्फ १ हजार १ सय ३८ उद्योग दर्ता भएका छन् ।

    त्यसैगरी २०७६÷०७७ भन्दा ०७७÷०७८ मा उद्योग खुल्ने क्रम बढ्दो छ । आर्थिक बर्ष ०७७÷०७८ मा एक हजार ४६० उद्योग दर्ता भएका छन् । यो सङ्ख्या २०७६÷०७७ भन्दा ३ सय १९ ले बढी हो । एक हजार ४५९ साना उद्योग दर्ता हुदाँ एउटा मात्र घरेलु उद्योग खुलेको छ ।

    यता ०७८/०७९ मा एक हजार ६२८ उद्योग खुलेका छन् । यो सङख्या ०७७/०७८ भन्दा एक सय ६८ ले बढी हो । ०७८/०७९ मा एउटा पनि घरेलु उद्योग दर्ता भएका छैनन् ।

    कार्यालयका उद्योग अधिकृत तथा सुचना अधिकारी नेत्रप्रसाद भुषालले कोभिड १९ तथा त्यसपछि पनि साना उद्योग खुल्ने क्रम बढ्दो रहेको बताए । उनले सानो पुँजि तथा कम जनश्रक्तिबाट पनि उद्योग सञ्चालन गर्न सकिने भएकाले साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको बताए । 

    कोभिड १९ को असरका अर्थतन्त्र धरासायि बन्दै गएका बेला साना उद्योगमा भने लगानी फस्टाउदो मात्रामा छ । सरकारले घरेलु तथा साना उद्योगहरु सञ्चालनका लागि बेला बेलामा आबश्यक सहयोग समेत प्रदान गर्दै आएकाले साना उद्योगहरुमा लगानी आर्कषित बन्दै गएको उनको भनाई छ । 

    नेपालमै पाईने कच्चा पदार्थ प्रयोग गरी होटल, गार्मेन्टस्, कृषी तथा वन्यजन्तु, पर्यटन उद्योग प्रति आर्कषण बढेको हो । सरकारले यी र यस्ता खालका उद्योगका लागि दिएको छुटका कारण उद्येगमा लगानी गर्नेको आकर्षण बढेको उनको भनाई छ ।

    कार्यालयले आठ वर्गीकरणमा घरेलु तथा साना उद्योग दर्ता गर्ने गरेको छ । जसमा उत्पादन मुलक, सेवा मुलक, पर्यटन, उर्जा मुलक, कृषि तथा बनजन्य, सुचना प्रसारण तथा संचार प्रबिधि, खनिज, पुर्वाधारहरु रहेका छन् । यसमध्ये सबैभन्दा बढी उत्पादक मुलक उद्योग दर्ता भएको कार्यालयको तथ्याक छ । 

    घरेलु कार्यालय रुपन्देहीमा हालसम्म उत्पादन मुलक उद्योग तर्फ ७ हजार ३०१ बटा दर्ता भएका छन् । त्यसैगरी सेवा मुलक ४ हजार ४२२१, कृषि तथा बनजन्य उद्योगमा ३ हजार १६४, पर्यटन  उदोग तर्फ (होटल समेत) २ हजार ५०७ र सुचना प्रसारण तर्फ एउटा मात्र उद्योग दर्ता रहेका छन् । 

    दर्ता हुन्छन्, नविकरण हुदैनन् 

    साना तथा घरेलु उद्योग कार्यालय रुपन्देहीमा दर्ता भएका अधिकांश उद्योगहरु नविकरण भने नहुने गरेको पाईएको छ । १७ हजार बढी उद्योग दर्ता रहेको घरेलु कार्यालयमा एक हजार २७ उद्योग मात्र नविकरण छन् । 

    घरेलु तथा साना उद्योग कार्यालयमा नविकरण भएको कागजात अन्य कार्यालयमा नविकरण गर्दा नखोज्ने गरेकाले पनि नविकरण नहुने गरेको कार्यालयको भनाई छ । अन्तर कार्यालय समन्वयको अभावमा घरेलुमा दर्ता भएका उद्योगहरु नविकरण नभएको हुन सक्ने कार्यालयले जनाएको छ । 

    images
    images
    प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - १७:३३:४६ बजे

    सिता काफ्ले

    सिता काफ्ले खबरपात्रो डटकमका संबाददाता हुन्।

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend