२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सर्वदलीय बैठक : संसदको पहिलो दिन शीर्ष नेताले सम्बोधन गर्ने

शुक्रवार , पौष २२, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २२ पुस । सर्वदलीय बैठकले संघीय संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका तय गरेको छ । 

    २५ पुसबाट सुरु हुने अधिवेशनको कार्यतालिका तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहअनुसार २६ पुसमा विश्वासको मत लिने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेका थिए । 

    सोहीअनुसार सर्वदलीय बैठकले २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बैठकको कार्यसूचीमा राख्ने निर्णय गरेको हो । 

    १० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । 

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बसेको हो ।