२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक सुरु 

शुक्रवार , पौष २२, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २२ पुस । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको हो । 

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय ससदको अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो । 

    साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेकाले बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।