२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

गाडीमा छाडा चौपायालाई बांधेर लतारिदै लगिएको भन्दै विरोध

बिहिवार , पौष २१, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २१ पुस ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाडी पछाडी चौपायालाई बांधेर लतारिदै तथा दौडाउँदै घाइते बनाइएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् । उनीहरुले पुस २० गते बुधबार राती अमानवीय कार्य भएको भन्दै बिहीबार नगरपालिका कार्यालयमा नाराबाजी गरेका छन् । त्यस्तै उनीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयलाई ज्ञापनपत्र बुझाएका छन् ।

    IMG_3880.JPG

    छाडा चौपायाको व्यवस्थापन गर्ने अभियान चलाइएकोमा त्यसमा आफूहरुको सहयोग भए पनि प्रक्रिया भने गलत भएको हिन्दू धर्म संरक्षण समितिका केन्द्रीय अध्यक्ष आनन्द प्रसाद गुप्ताले बताए । उनले कसको आदेशले यस्तो कार्य गरियो भन्दै प्रश्न गरे । उनले भने, ‘यस्ता कार्यले गौमाताको समेत अपमान भएको छ । 

    स्थानीय गोपाल उपाध्यायले यस्ता गलत कार्य तत्काल बन्द गर्नुपर्ने माग गरे । उनले सिद्धार्थनगरका विभिन्न स्थानमा श्रीराम नाम अंकित भगवा झण्डालाई अपमानपूर्वक हटाइनु गलत भएको बताए । उनले भने, ‘बुधबार राती भएको अमानवीय कार्यमा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग गरे ।’

    स्थानीय रवि कुमार रौनियारले सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनका नाममा अमानवीय कार्य भएको बताए । उनले नगरपालिकाले आफ्नो गल्ती ढाकछोप गर्न हतारहतार विज्ञप्ती निकालेको आरोप लगाए ।

    ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले छाडा चौपाया व्यवस्थापनमा नागरिकको साथ आवश्यक रहेको बताए । उनले ज्ञापनपत्रबारे सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण गराउने बताए । उनले नियोजित रुपमा कसैले काम गरेको भए कारवाहीको दायरामा ल्याइने बताए ।

    सिद्धार्थनगर नगरपालिकाले  छाडा चौपाया व्यवस्थापन गर्ने असल मनसायबाट गरिएको भए तापनि कार्यान्यवनको सिलसिलामा अन्जानबस त्रुटी भएको जनाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै नगरपालिकाले पशु अधिकारप्रति नगरपालिकाको कार्य उत्तिकै संवेदनशील भएको बताएको छ ।