
बुधवार , पौष २०, २०७९
काठमाडौं, २० पुस ।
नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि २० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ । कीर्तिपुरको क्रिकेट मैदानमा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ प्रतिबद्धता रहेको जनाएको छ । यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको लिगको एन्टि कर्पसन युनिटमा उजुरी दिन अनुरोध पनि गरेको छ । साथै मिथ्यता तथा भ्रामक सूचना नफैलाउन संघले सबैलाई अनुरोध गरेको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij